समाचार ललितपुरको प्रदेश र प्रतिनिधिसभा सबै वाम गठबन्धनको पोल्टामा
Ujyaalo

काठमाडौं, मंसिर २४ – ललितपुरका तीनवटै निर्वाचन क्षेत्रका तीन प्रतिनिधि र ६ प्रदेशसभा सदस्यमा वाम गठबन्धनले जितेको छ । यो सँगै ललितपुरमा वाम गठबन्धनले कांग्रेसको किल्ला भत्काएको छ ।

ललितपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा एमालेका नवराज सिलवाल २ मा एमालेकै कृष्णलाल महर्जन र ३ मा माओवादी केन्द्रकी पम्फा भुषालले जित्नुभएको छ । ललितपुर १ मा विजयी सिलवाल प्रहरी प्रमुख प्रकरणबाट असन्तुष्टि हुँर्द एकाएक एमाले राजनीतिमा आउनुभएको हो ।

ललितपुरको प्रदेशसभा सदस्यमा पनि वाम गठबन्धनका उम्मेदवारले जितेका छन । निर्वाचन क्षेत्र १ को प्रदेशसभा ‘क’ मा माओवादी केन्द्रकी लालकुमारी पुन विजयी हुनुभएको छ भने ‘ख’ मा एमालेका ज्ञानेन्द्र शाक्य विजयी हुनुभयो । निर्वाचन क्षेत्र २ को ‘क’ माओवादी केन्द्रका राजकाजी महर्जन ‘ख’ मा एमालेका चेतनाथ संजेल विजयी हुनुभयो ।

निर्वाचन क्षेत्र ३ को ‘क’ मा एमालेका माधवप्रसाद पौडेल र ‘ख’ मा एमालेकै जीवन खड्का विजयी हुनुभयो । यो सँगै ललितपुर वाम गठबन्धनको कब्जामा परेको छ ।

 

Share It

Post Comments
थप समाचार