समाचार पीए ‘झपट’ ले दिए मन्त्रीलाई मतको झापड
Ujyaalo

कैलाली, मंसिर २४ – कैलालीको क्षेत्र नंं २ को प्रतिनिधिसभा सदस्यमा पूर्वमन्त्री मोहनसिंह राठौर र त्यसबेला उहाँका पीए रहेका झपट रावल बीचको प्रतिस्पर्धामा रावललाई १ हजार भन्दा बढी मतको अग्रता मिलेको छ ।


एमालेबाट काँग्रेस प्रवेश गरेर टिकट पाउनुभएका राठौरले २ हजार ८५९ मत पाउँदा एमाले उम्मेदवार रावलले ४ हजार २८३ मत पाउनुभएको छ ।


पहिलो संविधानसभाको चुनाव अघिको अन्तरिम सरकारमा राठौंर शिक्षा राज्यमन्त्री हुँदा झपट रावल उहाँका स्वकिय सचिव अर्था पीए हुनुभएको थियो ।


झपट रावललाई एमालेले कैलाली क्षेत्र नं. २ को उम्मेदवार बनाएपछि राठौर एमाले परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको थियो । राठौरलाई कांग्रेसले त्यही क्षेत्रको टिकट दिएपछि पूर्वमन्त्री र पिए बीच चुनावी भिडन्त भएको हो ।


राठौर दोस्रो संविधान सभा सदस्य चुनावमा कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो । कैलाली क्षेत्र नम्बर २ मा राम्रो पकड बनाएका राठौरले दोस्रो संविधान सभाको चुनावमा कांग्रेसका कमल शाहलाई हराउनुभएको थियो ।


राठौर २०७० सालमा कैलालीको ६ वटा निर्वाचन क्षेत्रमध्ये एमालेबाट जित्ने एक्ला उम्मेदवार हुनुहुन्थ्यो ।

 

Share It

Post Comments
थप समाचार