समाचार रोल्पामा माओवादी वर्चस्व, देश अब समृद्ध बनाउने पुनको प्रतिबद्धता
Ujyaalo

माधवकुमार ओली/उज्यालो
रोल्पा, मंसिर २४ –प्रतिनिधिसभाको एक क्षेत्र र प्रदेशसभा दुई वटा निर्वाचन क्षेत्र रहेको रोल्पाका सबै क्षेत्रमा माओवादी केन्द्र विजयी भएको छ ।
प्रतिनिधि सभामा वर्षमान पुन र प्रदेशसभामा क्षत्र नं. १ बाट कुलप्रसाद केसी र २ बाट दिपेन्द्र कुमार पुन विजयी हुनुभएको हो । प्रतिनिधिसभामा वर्षमान पुनले ४० हजार ६ सय ४७ मत लिएर विजयी हुनुभएको हो । उहाँका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार अमरसिंह पुनले १९ हजार ९ सय ६ मत प्राप्त गर्नुभएको छ ।
यस्तै प्रदेशसभामा क्षेत्र नं. १ बाट कुलप्रसाद केसीले १८ हजार ५ सय १२ मत ल्याई विजयी हुनुभएको हो भने उहाँका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार शेरबहादुर महराले १० हजार ४ सय १ मत प्राप्त गर्नुभएको छ । प्रदेश सभा क्षेत्र २ मा पनि माओवादी केन्द्रका उम्मेदवार दिपेन्द्र कुमार पुन २४ हजार ४ सय ९० मतका साथ विजयी हुनुभएको छ । उहाँका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार खगेन्द्र प्रकाश हमालले ९ हजार ९ सय ६९ मत प्राप्त गर्नुभएको छ ।
विजयी घोषणा पछि पत्रकारहरु सँग प्रतिक्रिया दिदैं नेता पुनले निर्वाचन अघि गरेका प्रतिबद्धता पूरा गर्ने बताउनुभयो । प्रतिनिधिसभा सदस्यमा विजयी भएछि पूर्व अर्थमन्त्री समेत रहेका नेता पुनले अब देशमा स्थिर सरकार बन्ने भन्दै अशिक्षा, गरिबीको अन्त्य भई देश समृद्ध बन्ने बताउनुभयो ।

 

Share It

Post Comments
थप समाचार