समाचार रौतहटमा प्रभु साहको ह्याट्रिक
Ujyaalo

रौटहट, मंसिर २४ – रौतहटको क्षेत्र नम्बर ३ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रभु साह प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको छ ।

तेश्रो पल्ट रौतहटबाट सांसद चुनिएका साहले २७ हजार ७ सय ९९ मत पाउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुनिलकुमार यादवले १८ हजार २ सय ६ मत पाउनुभयो ।

तेश्रो स्थानमा रहेका राष्ट्रिय जनता पार्टी राजपा नेपालका ओमप्रकाशले १४ हजार ६ सय ७८ मत पाउनुभयो । निर्वाचित साह माओवादी केन्द्रको दुई नम्बर प्रदेश इन्चार्ज हुनुहुन्छ ।

उहाँ ६४ र ७० सालको संविधानसभामा पनि रौतहटबाटै चुनिनुभएको थियो । उहाँले कानुन न्याय तथा संसदीय व्यवस्था, भुमिसुधार मन्त्री, शहरी विकास मन्त्री भएर पनि काम गरिसक्नुभएको छ ।

Share It

Post Comments
थप समाचार