समाचार आरजु म्याडमले हार्नुभयो 
Ujyaalo

कैलाली, मंसिर २४ – कैलाली क्षेत्र नंं ५ को प्रतिनिधिसभा सदस्यमा एमालेका नारदमुनि राना सँग भिडेकी प्रधानमन्त्रीपत्नी डा. आरजु राणा अन्ततः हार्नुृभयो ।

मतगणनाको दौरानमा नारदमुनिलाई एक पटक पनि उछिन्न नसकेकी डा. राणा अन्त्यमा ४ हजार ८८० मतको अन्तरले पराजित हुनुभयो । 

नारदमुनिले २७ हजार २०२ मत प्राप्त गर्दा आरजु राणाले २२ हजार ३२२ मत मात्र प्राप्त गर्नुभयो । 

पर्यटक उम्मेदवारको आरोप लागेपछि मतदातामाझ आफू धनगढीकै भएको सन्देश प्रवाह गर्न आरजुले धनगढीमा ३ करोडको घर किन्नुभएको थियो । 

 

 

Share It

Post Comments
थप समाचार