समाचार कालिकोट : मतदान केन्द्रमा नेकपाका कार्यकर्ताद्वारा ढुंगामुढा
Ujyaalo

कालिकोट, मंसिर ९ – कालिकोटको पलाता गाउँपालिका–६ को जाँफे प्राविमा केन्द्रमा चुनावका लागि गएका क्रमचारीमाथि नेपाल कम्युष्टि पार्टीका कार्यक्रताले ढुंगामुढा गरेका छन् ।

उनीहरुले शुक्रबार राति कर्मचारीलाई लक्षित गरी ढुंगामुढा भएको हो । ढुंगामुढापछि नेपाल प्रहरीले हवाई फायर गरेको र आक्रमणकारी भागेको प्रहरी निरीक्षक निरोज चौलागाईंले बताउनुभयो ।

नेकपाका कार्यक्रताले पलाता–४ को छलाहाँमा राँके जुलुस समेत निकालेको स्थानीय बासिन्दाले बताएका छन् । सुरक्षा व्यवस्था कडापारिको भए पनि नेकपाका कार्यक्रताले मतदातालाई तर्साइरहेका छन् ।

 

Share It

Post Comments
थप समाचार