समाचार मोरङमा संघिय समाजवादी फोरमको खाता खुल्यो
Ujyaalo

मोरङ, मंसिर २४ – मोरङ क्षेत्र नम्बर ५ प्रदेशसभा ख मा संघिय समाजवादी फोरमका जयराम यादव विजयी हुनु भएको छ । नेपाली कांग्रेशका राजेश कुमार गुप्तालाई १ हजार ८३ मतले पछि पार्दै यादव विजयी हुनु भएको हो। यादवले ११ हजार २ सय १ मत प्राप्त गर्नु भएको हो भने गुप्ताले ९ हजार ९ सय १८ मत प्राप्त गर्नु भयो । माओवादी केन्द्रका सुभान मियाँले ८ हजार ६ सय ६५ मत प्राप्त गर्नुभयो ।

Share It

Post Comments
थप समाचार