समाचार तेह्रथुममा एमालेले खाता खोल्यो, प्रदेशसभा क मा तिवारी विजयी
Ujyaalo

तेह्रथुम, मंसिर २४– तेह्रथुममा एमालेले जितको खाता खोलेको छ । प्रदेशसभा क मा वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका लछुमन तिवारी विजयी हुनुभएको हो ।

उहाँले ११ हजार ७ सय २६ मत पाउनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दि कांग्रेसका गोविन्द ढुंगानाले १० हजार २ सय ६० मत पाउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । तिवारी एमालेको जिल्ला कमिटि अध्यक्ष र ढुंगाना कांग्रेसका जिल्ला कार्यसमितिका सभापति हुनुहुन्छ । म्याङलुङ्ग र लालीगुराँस नगरपालिका तथा छथर गाउँपालिका रहेको यो निर्वाचन क्षेत्रमा २४ हजार २ सय ३० मत खसेको थियो ।

Share It

Post Comments
थप समाचार