समाचार डोटीमा मत गणना रोकियो, दोहो¥याएर गणना गर्नुपर्ने काँग्रेसको माग
Ujyaalo

डोटी, मंसिर २४ – डोटीमा प्रदेश सभा ख को मतगणना रोकिएको छ । मतगणना गरेपछि सय – सय वटाको ठेली बनाउँदै आएकोमा एउटा ठेली १५० वटा मतको बनाएको भेटिएपछि नेपाली काँग्रेसका प्रतिनिधिले अरु मतमा पनि यस्तै भएको हुनसक्ने भन्दै पुनःमतगणनाको माग गरेका हुन् ।


भूलबश एउटा मतको ठेलीमा पचास मत बढी पर्न गएपनि अरु मतको ठेलीमा त्यस्तो नभएको र दोहो¥याएर मत गन्न नसक्ने मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताएपछि काँग्रेस प्रतिनिधि गणनास्थलबाट बाहिरिएका छन् ।


झण्डै २८ हजार मतगणना भैसकेपछि विवाद उत्पन्न भएको हो । डोटीको प्रदेश ख मा ३२ हजार ७३१ मत खसेको छ । अहिलेसम्म नेकपा माओवादी केन्द्रका उम्मेदवार त्रिलोचन भट्टले १२ हजार ९४४ मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका योगेन्द्र बहादुर शाहीले १० हजार ७४६ मत ल्याउनुभएको छ ।

 

Share It

Post Comments
थप समाचार