समाचार सप्तरीका ४ वटा प्रदेशसभाको नतिजा सार्वजनिक
Ujyaalo

सप्तरी, मंसिर २४ - सप्तरीमा प्रदेशसभातर्फ ४ वटा क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भएको छ । जसअनुसार नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी राजपा नेपाल, नेकपा एमाले र संघीय समाजवादी फोरमले एक-एक सिट जितेका छन् ।

सप्तरी ३ को कबाट प्रदेशसभामा नेपाली कांग्रेसका मोहमद सुमिम ११ हजार ६ सय २८ मत सहित विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी राजपाका दिनेशकुमार यादवले ९ हजार ९ सय ७९ मत पाउनुभाये ।

सप्तरी ३ को खबाट प्रदेशसभामा राजपाका बिदेश्वरप्रसाद यादव १० हजार ३ सय २८ मतसहित निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भगवतिप्रसाद यादवले ६ हजार २ सय १२ मत पाउनुभयो ।

सप्तरी ४ को कमा प्रदेशसभामा नेकपा एमालेका गोविन्दबहादुर न्यौपाने १५ हजार १ सय १३ मतसहित निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सिताराम साहले ११ हजार ३ सय ९५ मत पाउनुभयो ।

सप्तरी ४ को प्रदेशसभामा खमा भने संघीय समाजवादी फोरमका अभिषेक यादव ९ हजार ६ सय ५ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी विवेकानन्द झा ७ हजार ३ सय ३६ मत पाउनुभयो ।

Share It

Post Comments
थप समाचार