समाचार पाल्पा बन्यो लालकिल्ला
Ujyaalo

देव पचभैया/उज्यालो
पाल्पा,मंसिर २४– पाल्पा लाल किल्ला बनेको छ । प्रनितिधिसभाका दुई र प्रदेश सभा चार क्षेत्र रहेको पाल्पामा सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।

क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा बाम गठबन्धनका उम्मेदवार एमाले नेता दल बहादुर राना बिजयी हुनुभएको छ । पुर्ब भुमिसुधार मन्त्री समेत रहनुभएका रानाले ३२ हजार ५ सय ४९ मत प्राप्त गर्नुभएको छ । प्रतिस्पर्धी नेपाली काग्रेसका उम्मेदवार बिजय घिमिरेले २३ हजार ९ सय ९३ मत प्राप्त गर्नुभयो । घिमिरेलाई रानाले ९ हजार ६ सय ५६ मतको अन्तरले जित्नुभएको हो ।

क्षेत्र नम्बर १ को प्रदेश सभा सदस्य (क) मा बाम गठबन्धनका एमाले नेता यूबराज खनाल बिजयी हुनुभयो । खनालले १७ हजार ८ सय ५१ मत प्राप्त गर्नुभयो । खनालका प्रतिस्पर्धी नेपाली काग्रेसका उम्मेदवार देबराज ढकालले १३ हजार ६ सय ६० मत प्राप्त गर्नुभएको छ । खनालले ढकाललाई ४ हजार १ सय ९१ मतले जित्नुभएको हो ।

क्षेत्र नम्बर १ कै प्रदेश सभा (ख) मा वाम गठबन्धनका उम्मेदवार एमाले नेता नारायण आचार्य १४ हजार ७ सय ६५ मत सहित विजयी हुनुभएको छ । प्रतिस्पर्धी नेपाली काग्रेसका उम्मेदवार दानबहादुर पक्षाईले १० हजार ५ सय १ मत प्राप्त गर्नुभएको छ । आचार्यले पछाईलाई ४ हजार २ सय ६४ मतको अन्तरले जित्नु भएको हो ।

क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार एमाले केन्द्रिय सदस्य सोम प्रसाद पाण्डे बिजयी हुनुभएको छ । ३४ हजार ८ सय ९९ मत प्राप्त गरी पाण्डे बिजयी हुनुभएको हो । प्रतिस्पर्धी नेपाली काग्रेसका केन्द्रिय सदस्य हरी प्रसाद नेपाल २४ हजार ५ सय ५४ मत प्राप्त गर्नुभयो । काग्रेस उम्मेदवार नेपाल भन्दा पाण्डेले १० हजार ३ सय ४५ मत बढी प्राप्त गर्नु भएको हो ।


क्षेत्र नम्बर २ को प्रदेश सभा (क ) मा बाम गठबन्धनकै एमाले उम्मेदवार डाक्टर पुरन बज्राचार्य बिजयी हुनुभएको छ । बज्राचार्यले १८ हजार ४२ मत प्राप्त गर्नुभएको छ । प्रतिस्पर्धी काग्रेसका उम्मेदवार माधब नेपालले १३ हजार ४ सय ७० मत प्राप्त गर्नुभयो । माधब नेपाललाई डाक्टर पुरनले ४ हजार ५ सय ७२ बढी मतले जित्नु भएको हो ।

क्षेत्र नम्बर २ कै प्रदेश सभा सदस्य (ख ) मा बाम गठबन्धनकै माओबादी केन्द्रका नेता तुलाराम घर्ती (बसन्त) बिजयी हुनुभएको छ । तुलाराम घर्तीले १६ हजार ४ सय २२ मत प्राप्त गरी बिजयी हुदा प्रतिस्पर्धी नेपाली काग्रेसका नेता राम बहादुर कार्कीले ११ हजार ४ सय ९६ मत पाउनुभयो । १ लाख ८१ हजार २ सय ५५ जम्मा मतदाता रहेको पाल्पामा १ लाख २३ हजार ४० मत खसेको थियो ।

 

 

Share It

Post Comments
थप समाचार