समाचार वाम गठबन्धनको जितलाई शेयर बजारको रातो झण्डा
Ujyaalo

काठमाडौं, मंसिर २४ – प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा वाम गठबन्धनले पाएको सफलतालाई शेयर बजारले भने रातो झण्डा देखाइदिएको छ ।

चुनावमा वाम गठबन्धन दुई तिहाई बहुमततर्फ लम्किँदा गर्दै शेयर बजार भने घटेको छ । चुनावपछि पहिलो पल्ट खुलेको शेयर बजारमा आज अधिकांश शेयरको भाउ घटे पछि नेप्से परिसुचक ६ दशमलव ०५ अंकले घटेको छ ।

दसैं लगत्तै नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच गठबन्धन गर्ने र चुनावपछि पार्टी एकता गर्ने घोषणा हुँदा पनि शेयर बजार घटेको थियो ।

बजार खुलेलगत्तै केहि बढेपछि त्यसपछि ओरालो लागेको शेयर बजार बन्द हुँदा १५ सय ३० दशमलव ४९ अंकमा पुगेको छ । आज उत्पादन र अन्य समूह बाहेक अरु सबै समूहको परिसुचक घटेको छ ।

आज मात्र आफ्ना शेयरधनीलाई सतप्रतिशत बोनस शेयर दिने घोषणा गरेको स्टान्डर्ड चार्टर बैंकको सबैभन्दा धेरै २७ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । बजार घटे पनि आज बोटलर्स नेपाल तराई लिमिटेडका शेयरधनीले सबैभन्दा धेरै १० प्रतिशत कमाएका छन् । सेन्ट्रल फाइनान्स, लक्ष्मि लघुवित्त वित्तीय संस्था र गण्डकी विकास बैंकका शेयरधनीले ४ प्रतिशतभन्दा बढी गुमाएका छन् ।

Share It

Post Comments
थप समाचार