समाचार मर्निङवाक जाँदा दुवईमा एक नेपालीको मृत्यु
Ujyaalo

मंसिर २४ – रोजगारीका लागि युएई आएका एक नेपालीको मर्निङवाकका क्रममा ज्यान गएको छ । युएईमा रहेको केएम ट्रेडिङ कम्पनीमा स्टोर इन्चार्जको रुपमा कार्यरत वाङ्ला ५ सिउडेनी अर्घाखाँचीका मेघराज अधिकारीको दुवईमा ज्यान गएको हो ।

गएको मंगलबार दुवईको जबिलाली डिआपी पार्कमा मर्निङवाकमा निस्किएका अधिकारीको शव सडकको छेउमा भेटिएको हो । उच्च रक्तचाप तथा मधुमेहका बिरामी भएकाले उहाँ दैनिक मर्निङवाक गर्नुहुन्थ्यो ।

१६ वर्ष अगाडि उहाँ युएईमा स्टोर किपरको काममा आउनु भएको थियो । सुरुमा आबुधाबीमा कार्यरत अधिकारी २ वर्ष अघि स्टोर इन्चार्जको रुपमा बढुवा भएर दुवई सरुवा हुनुभएको थियो ।

मृतकको अव अनुसन्धानका लागि दुवईको अल रशिद अस्पतालमा राखिएको छ । प्रहरी र अस्पतालको रिपोर्ट आएपछि मात्रै शव नेपाल पठाउन सकिने युएईस्थित नेपाली दूतावासले जनाएको छ । मृतक अधिकारीका श्रीमती र तीन छोरी छन् ।

 

Share It

Post Comments
थप समाचार