समाचार रौतहटमा राजपाका बागी ‘बाख्रा’ छापले जिते
Ujyaalo

रौतहट, मंसिर २४ – रौतहट निर्वाचन क्षेत्र नम्बर चारको प्रदेसभा खबाट स्वतन्त्र उम्मेदवार शेख अबुलकलाम आजाद विजयी हुनु भएको छ ।

आजाद नेपाली कांग्रेसका रामाज्ञा रायलाई १ सय २५ मतले पछि पार्दै प्रदेशसभा सदस्यमा निर्वाचित हुनु भएको हो । आजादले ७ हजार ३ सय ९३ मत पाउनु भयो । कांग्रेसका रायले ७ हजार २ सय ६८ मत पाउनुभयो । तेश्रो भएका नेकपा एमालेका नागेन्द्र यादवले ६ हजार ६ सय ७४ मत पाउनुभयो ।

संघीय समाजवादी फोरमको समर्थनमा उम्मेदवार बनेका राष्ट्रिय जनता पार्टी राजपा नेपालका प्रदिपशमशेर राणा भने ४ हजार ८ सय ४० मत पाएर चौथो हुनु भयो ।

राजपाका कार्यकर्ता शेख अबुलकलाम आजाद पार्टीले आफूलाई टिकट दिई राणालाई टिकट दिएपछि स्वतन्त्र उम्मेदवार बन्नुभएको हो । उहाँले चुनाव जित्ने भन्दै टिकटको दावी गर्नुभएको थियो । तर पार्टीले नपत्याए पनि उहाँले स्वतन्त्र उम्मेदवार बनेर चुनाव जित्दै आफ्नो दावीलाई सहि सावित गर्नुभएको छ । उहाँले बाख्रा चुनाव चिन्ह लिएर चुनाव जित्नु भएको हो । 

Share It

Post Comments
थप समाचार