समाचार डोटीमा रोकिएको मतगणना फेरि शुरु
Ujyaalo

डोटी, मंसिर २४ – डोटीमा रोकिएको मतगणना फेरि शुरु हुने भएको छ । मतगणना रोक्नुपर्ने र दोहो¥याएर गन्नुपर्ने कुनै कारण नदेखिएको भन्दै मुख्य निर्वाचन अधिकृतले आदेश जारी गरेपछि रोकिएको मतगणना फेरि शुरु हुने भएको हो ।


मतगणना गरेपछि सय – सय वटाको ठेली बनाउँदै आएकोमा एउटा ठेलीमा १५० वटा मत भेटिएपछि नेपाली काँग्रेसका प्रतिनिधिले अरु मतमा पनि यस्तै भएको हुनसक्ने भन्दै दोहो¥याएर मत गणना गर्न माग गर्दै गणनास्थलबाट बाहिरिएका थिए ।


अहिलेसम्म नेकपा माओवादी केन्द्रका उम्मेदवार त्रिलोचन भट्टले १२ हजार ९४४ मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसका योगेन्द्र बहादुर शाहीले १० हजार ७४६ मत ल्याउनुभएको छ । डोटीको प्रदेश ख मा ३२ हजार ७३१ मत खसेको छ ती मध्ये २८ हजार मतगणना भैसकेको छ ।

 

Share It

Post Comments
थप समाचार