समाचार पूर्वराजदूत दीपकुमारलाई हराउने को हुन् चक्रपाणी
Ujyaalo

कपिलबस्तु, मंसिर २४– नेकपा माओवादीको हेडक्वार्टर सदस्य चक्रपाणी खनालको जन्म २०१९ सालको वैशाख २० गते भएको हो । उहाँले एसएलसी उत्तीर्ण गर्नु भएको छ । २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका खनाल २०३७ सालको जनमत संग्रहमा बहुदलको पक्षमा लागेर नेकपा चौथो महाअधिवेशनमा सहभागी हुनुभयो । माओवादी आन्दोलनमा लडाकुका पूर्व डेपुटी कमाण्डर समेत रहेका खनाल पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा उहाँको राजनीतिक सल्लाहकार हुनुहुन्थ्यो ।
वाम उम्मेदवारले चक्रपाणीले नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा भारतका लागि पूर्व राजदुत दीपकुमार उपाध्यायलाई हराउनुभएको हो । २०४८ र २०४९ सालको संसदीय चुनावमा कपिलवस्तु—२, बाट विजयी उपाध्याय २०५६ सालको संसदीय चुनावमा पनि नेपाली कांग्रेसको उम्मेदवार हुनुहुन्थ्यो । यसअघि २०३८ र २०४३ सालको राष्ट्रिय पञ्चायत चुनावमा समेत उम्मेदवार रहेका उपाध्याय दुवै पटक ३२ हजारभन्दा बढी मत पाएर पनि पराजित हुनुभएको थियो ।

Share It

Post Comments
थप समाचार