समाचार प्रदेश नम्बर ५ का २६ क्षेत्रमा कस्को अवस्था के ?
Ujyaalo

काठमाडौं, मंसिर २४ – प्रदेश नम्बर ५ का १२ वटा जिल्लाका २६ निर्वाचन क्षेत्रमध्ये अधिकांश क्षेत्रको नतिजा आएको छ ।

अहिलेसम्म १८ वटा क्षेत्रको नजिता आइसकेको छ । ८ वटाको नतिजा आएको छैन् । जहाँ बामको वर्चश्व रहेको छ । ५ नंबर प्रदेशका २६ मध्ये एमालेले १० क्षेत्रमा जितेको छ भने २ क्षेत्रमा अघि छ ।

यस्तै माओवादीले ५ क्षेत्रमा जितेको छ र १ क्षेत्रमा अघि छ । कांग्रेसले ३ ठाउँमा जितेको छ भने ३ क्षेत्रमा अघि छ । यस्तै संघिय समाजवादी फोरमले १ ठाउँमा जितेको छ । जनमोर्चा १ ठाउँमा अघि छ ।

बाँके

३ मा फोरमका उम्मेदवार विजयी
२ मा एमालेका उम्मेदवार विजयी
१ मा माओवादीका उम्मेदवार अघि

बर्दिया
२ मा माओवादीका सन्तकुमार थारु विजयी
१ मा कांग्रेसका सञ्जय गौतम अघि

रुकुमपूर्व्
माओवादीकी कमला रोका विजयी

रोल्पा
रोल्पामा माओवादीका बर्षमान पुन विजयी

दाङ
१ मा एमालेका मेटमणी चौधरी विजयी
२ मा माओवादीका कृष्ण बहादुर महरा विजयी
३ मा एमालेका हिराचन्द्र केसी विजयी

प्यूठान
जनमोर्चाकी दूर्गा पौडेल विजयी

गुल्मी
१ मा एमालेका प्रदिप ज्ञवाली विजयी
२ मा एमालेका गोकर्ण विष्ट विजयी

पाल्पा
१ मा एमालेका दल बहादुर राना विजयी
२ मा एमालेका सोमप्रसाद पाण्डेय विजयी

कपिलवस्तु
१ मा माओवादीका चक्रपाणी खनाल विजयी
२ मा एमालेका बृजशकुमार गुप्ता विजयी
३ मा कांग्रेसका अभिषेकप्रताप साह विजयी

रुपन्देही
१ मा एमालेका छविलाल विश्वकर्मा अघि
२ मा एमालेका विष्णु पौडेल विजयी
३ मा एमालेका घनश्याम भुसाल विजयी
४ मा कांग्रेसका प्रमोदकुमार यादव विजयी
५ मा कांग्रेसका भरतकुमर साह विजयी

नवलपरासी पश्चिम
१ मा सूर्य चिन्हबाट चुनाव लडेका हृदयश त्रिपाठी अघि
२ मा कांग्रेसका देवेन्द्रराज कँडेल अघि

 

 

 

Share It

Post Comments
थप समाचार