समाचार तनहुँ क्षेत्र नम्बर १ मा कृष्णकुमार श्रेष्ठ ‘किसान’ विजयी
Ujyaalo

काठमाडौं, मंसिर २४ – कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजय गर्दै कृष्णकुमार श्रेष्ठ ‘किसान’ विजयी हुनुभएको छ ।

राष्ट्रिय राजनीतिका प्रभावशाली नेता पौडेललाई ५ हजार ४ सय ९० मतले पराजित गर्दै श्रेष्ठले जित हासिल गर्नुभएको हो । ०७० सालमा तनहुँ क्षेत्र नम्बर २ बाट पौडेलसँगै पराजित श्रेष्ठ प्रतिनिधिसभामा विजयी हुनुभएको छ ।

वाम गठबन्धनका साझा उम्मेदवार भएकाले पनि पौडेलसँग जित निकाल्न श्रेष्ठलाई सहज भएको देखिन्छ । पौडेलले २४ हजार ५ सय ६ मत प्राप्त गर्दा पौडेलका प्रतिस्पर्धी श्रेष्ठले २९ हजार ९ सय ९६ मत प्राप्त गर्नुभएको छ ।

Share It

Post Comments
थप समाचार