समाचार कञ्चनपुर क्षेत्र नम्बर १ ‘क’ मा एमालेका लामा विजयी
Ujyaalo

कञ्चनपुर, मंसिर २४ – कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ बाट वामगठबन्धनका उम्मेदवार तारा लामा तामाङ दोब्बर बढी मतले विजयी हुनुभएको छ । उहाँले नेपाली काँग्रेसका उम्मेदवार गोपाल गुरुङले भन्दा १० हजार ७२४ मत बढी ल्याउनुभएको छ ।


निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत गुणराज श्रेष्ठका अनुसार प्रदेशसभा सदस्यमा वामगठबन्धनका उम्मेदवार तामाङले २० हजार १४ र गुरुङले ९ हजार २९० मत प्राप्त गर्नुभएको छ ।


तामाङ एमाले कञ्चनपुरका अध्यक्ष समेत हुनुहुन्छ । यस अघि २०७० सालको दोस्रो संविधान सभा चुनावमा क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्नु भएका तामाङ्ग एनपी साउदसँग पराजित हुनु भएको थियो ।कञ्चनपुरका अरु सबै क्षेत्रमा वामगठबन्धनका उम्मेदवारको अग्रता छ ।

 

Share It

Post Comments
थप समाचार