समाचार भक्तपुर १ मा मादल अघिको अघि, पछि पर्‍यो तराजु र रुख
Ujyaalo

भक्तपुर, मंसिर २४ – भक्तपुर क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा र प्रदेशसभा (ख) मा नेपाल मजदुर किसान पार्टीको अग्रता कायमै छ । प्रतिनिधिसभातर्फ नेमकिपाका प्रेम सुवालले कांग्रेसका बाबुराजा जोशीलाई ५ हजार २ सय ४० मतले पछि पार्नुभएको छ ।

सुवाल १६ हजार ६ सय ७५ मतसहित अघि हुनुहुन्छ भने जोशी ११ हजार ४ सय ३५ मतसहित उहाँलाई पछ्याईरहनुभएको छ । यहाँ वाम गठबन्धनका उम्मेदवार मिलन सुवाल भने तेस्रो स्थानमा हुनुहुन्छ । सुवालको ९ हजार ७ सय १० मत छ । विवेकशील साझा भने चौथो स्थानमा छ । विवेकशीलका उम्मेदवार दिपेश न्यौपानेको १४ सय १४ मत छ ।

यस्तै, क्षेत्र नम्बर १ (ख) मा पनि नेमकिपाका सुरेन्द्रराज गोसाईंले अग्रता लिनुभएको छ । उहाँले १३ हजार ६ सय ६९ मत ल्याउनुभएको छ । उहाँलाई वाम गठबन्धनका रोमन शिलाकारले ४ हजार २ सय ५७ मतसहित पछ्याईरहनुभएको छ ।

प्रदेशसभा (क)मा भने एमालेका शरिशरण लामिछानेको अग्रता छ । उहाँले ८ हजार ६९ मतसहित अग्रता लिनुभएको छ । उहाँलाई नेपाली कांग्रेसका जिवन खत्रीले ५ हजार ७ सय ४६ मतसहित पछ्याईरहनुभएको छ ।

Share It

Post Comments
थप समाचार