समाचार ‘ह्याट्रिक’ गर्ने दाउमा शशांक, मतान्तर घटाउँदै पराजुली
Ujyaalo

काठमाडौ, मंसिर २४– नवलपरासी पूर्व १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका कांग्रेसका प्रभावशाली नेता शशांक कोइरालाले ह्याट्रिक गर्ने दाउ भएपनि उहाँका प्रतिष्पर्धी माओवादी केन्द्रका भविश्वर पराजुलीले मतान्तर घटाउँदै लैजानुभएको छ ।

पछिल्लो मतपरिणम अनुसार कोइरालाले ३४ हजार ७ सय ८४ मत ल्याउनु भएको छ । कोइरालाका प्रतिस्पर्धी माओवादी केन्द्रका भविश्वर पराजुलीले ३० हजार ५सय २३ मत ल्याउनुभएको छ ।

संविधान सभाको पहिलो चुनावमा वि.स.२०६४ मा डा. शसांक कोइरालाले १७ हजार ४ सय ३० मत ल्याएर माओवादीका ठाकुरप्रसाद चापागाईलाई पराजीत गर्नुभएको थियो । त्यसबेला बेला एमाले तेस्रो स्थानमा रहेको थियो ।

०७० को चुनावमा कोइराला १८ हजार २ सय २८ मत ल्याएर एमालेका दिपक अधिकारी क्षेत्रीलाई पराजित गर्नुभएको थियो । यसपटकको चुनावमा शशांक ‘ह्याट्रिक’ गर्ने तयारीमा हुनुहुन्छ ।

Share It

Post Comments
थप समाचार