समाचार बारा क्षेत्र नम्बर २ को प्रतिनिधि तथा प्रदेशसभामा फोरम विजयी
Ujyaalo

बारा, मंसिर –२४ बारा क्षेत्र नम्बर २ मा संघीय सामाजवादी फोरम नेपालले विजय हासिल गरेको छ । बारा २ को प्रतिनिधिसभा तथा प्रदेशसभाको दुवैतर्फ फोरमले विजय हासिल गरेको हो ।

प्रतिनिधिसभामा फोरमका रामसहायप्रसाद यादवले २८ हजार १ सय ८५ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राधेचन्द्र यादवले १५ हजार ७ सय ४१ मत प्राप्त गर्नुभएको छ भने नेकपा माओवादी केन्द्रका शिवचन्द्रप्रसाद कुशवाहाले १० हजार ५ सय ४६ मत प्रप्त गर्नुभएको छ ।

त्यस्तै प्रदेशसभातर्फ क्षेत्र नम्बर १ कमा फोरमकै सारदा शंकरप्रसाद कलवार १६ हजार ६ सय ७१ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका रामप्रवेश यादवले ८ हजार १ सय मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नम्बर १ खमा फोरमकै बच्चारावत अहिर ११ हजार ५ सय ३ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मणिभुषणकुमार यादवले ६ हजार १ सय १९ मत ल्याउनु भएको छ भने स्वतन्त्रतर्फका उम्मेदवार जलन्धर सिंह जैसवारले ४ हजार ८ सय ८६ मत प्राप्त गर्नुभएको छ ।

 

Share It

Post Comments
थप समाचार