समाचार तेह्रथुममा सीता गुरुङलाई पछि पार्दै, एमालेका भवानी खापुङ विजयी
Ujyaalo

तेह्रथुम, मंसिर २४ – तेह्रथुममा प्रतिनिधिसभातर्फ नेकपा एमालेका भवानीप्रसाद खापुङ विजयी हुनु भएको छ । खापुङले २ हजार २१ मतले नेपाली कांग्रेसकी सीता गुरुङलाई पराजित गर्नुभएको हो । उहाँले २१ हजार ३ सय ३५ मत प्राप्त गर्नुभएको छ ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा भौतिक पुर्वाधार राज्यमन्त्री समेत रहनुभएकी गुरुङले १९ हजार ३ सय १४ मत प्राप्त गर्नुभएको छ । दुई नगरपालिका र चार गाउँपालिका रहेको तेह्रथुममा स्थानीय चुनावमा समेत नेकपा एमालेले ५ र कांग्रेसले एक स्थानीय तह जितेका थिए ।

कुल ६६ हजार ६ सय ६७ मतदाता मध्ये तेह्रथुममा ४४ हजार २ सय १ मत खसेको थियो । त्यसमध्ये १९ सय मत बदर भएको छ ।

Share It

Post Comments
थप समाचार