समाचार राजपाका महिन्द्र राय यादव भारी मतले विजयी
Ujyaalo

सर्लाही, मंसिर २५ –सर्लाही क्षेत्र नम्बर २ बाट राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महिन्द्र राय यादव विजयी हुनुभएको छ ।

उहाँ १० हजार २ सय १५ मतान्तरले विजयी हुनुभएको हो । यादवले २९ हजार १ सय ९१ मत ल्याउनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जंगिलाल रायले १८ हजार ९ सय ७६ मत ल्याउनुभयो । 

९१ हजार ७ सय २३ कुल मतदाता रहेको यस क्षेत्रमा ५९ हजार ८ सय ३२ मत खसेको थियो ।

Share It

Post Comments
थप समाचार