समाचार एमालेकी शारदा थापा भदालाई हराउँदै बनिन प्रदेश सांसद
Ujyaalo

महोत्तरी, मंसिर २५ – महोत्तरीमा बाम गठबन्धनले प्रदेशसभामा खाता खोलेको छ ।

महोत्तरी १ को प्रदेश एकमा एमालेबाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेकी शारदा थापा १० हजार २ सय ८२ मत ल्याउनुभयो । उहाँले नेपाली कांग्रेसका प्रल्हाद क्षेत्रीलाई १ हजार २ सय ५१ मतले हराउनुभएको हो ।क्षेत्रीले ९ हजार ३१ मत प्राप्त गर्नुभयो । प्रल्हाद क्षेत्री शारदा थापाका भदा हुन् । 

यस्तै महोत्तरी क्षेत्र नम्बर ४ क बाट संघीय समाजवादी फोरमका कौशलकुमार यादव विजयी हुनुभएको छ । उहाँ ९ हजार २ सय ७७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोखुल राय यादवले ७ हजार ३ सय ९३ मत प्राप्त गर्नुभयो ।

Share It

Post Comments
थप समाचार