समाचार खोटाङमा सबै केन्द्रमा चुनावका लागि बुथ तयार
Ujyaalo

खोटाङ, मंसिर ९– खोटाङमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको सबै तयारी पूरा भएको छ । शनिबार अपराह्नसम्ममा १ सय ३६ मतदान स्थलका १ सय ७९ मतदान केन्द्रमा आवश्यक बुथ तयार पारिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

चुनावका लागि हरेक मतदान केन्द्रमा बुथ, मतदाता उभिने छुट्टाछुट्टै बार, मतदान गर्ने गोप्य कोठा, व्यालेट बक्स राख्ने स्थान, कर्मचारी र दलका प्रतिनिधि बस्ने स्थान लगायत तयार पारिएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो ।

अपांग, अशक्त, गर्भवती महिलालाई भने लाईनमा नबसी मत दिने व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनमा जिल्लाका १ लाख २५ हजार १ सय ८३ मतदाता सहभागी हुँदैछन् । निर्वाचनको सुरक्षार्थ २ हजार ५ सय ८७ सुरक्षाकर्मी खटाइएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो ।

Share It

Post Comments
थप समाचार