समाचार महोत्तरीमा राजपाको दोस्रो जीत, शरतसिंह भण्डारी १६ हजार भन्दा धेरै मतान्तरले विजयी
Ujyaalo

महोत्तरी, मंसिर २५ – प्रतिनिधिसभा अन्तर्गत महोत्तरी क्षेत्र नम्बर २ बाट शरतसिंह भण्डारी विजयी हुनुभएको छ ।

३० हजार ७ सय २२ मतसहित विजयी हुनुभएको हो । उहाँले कांग्रेसका किरण यादवलाई १६ हजार ७ सय ४८ मतले पराजित गर्नुभयो । किरण यादवले १३ हजार ९ सय ७४ मत प्राप्त गर्नुभयो ।

भण्डारीको जीतसँगै महोत्तरीमा राजपाले दोस्रो सफलता हात पारेको छ । महोत्तरी ३ बाट राजपाको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर विजयी भइसक्नुभएको छ ।

२०३३ सालमा नेपाल विद्यार्थीमार्फत सक्रिय राजनीति सुरु गरेका भण्डारी कुनै बेला नेपाली कांग्रेसका तराईको प्रभावशाली नेता मानिनुहुन्थ्यो । २०६४ सालको चुनावमा महोत्तरीको क्षेत्र नम्बर ६ बाट चुनाव जितेका भण्डारी त्यसैबेला रक्षामन्त्री पनि हुनुभएको थियो ।

नेपाली कांग्रेस छाडेका नेता शरत सिंह भण्डारी अहिले राजपा अध्यक्ष मण्डलका सदस्य हुनुहुन्छ ।

 

Share It

Post Comments
थप समाचार