समाचार सर्लाही ४ मा शिल नगरिएका मतपेटिका भेटिएपछि मतगणना स्थगित
Ujyaalo

सर्लाही, मंसिर २५ – ६ वटा मतपेटिकामध्ये ४ वटा मात्रै शिल गरिएको भेटिएपछि सर्लाही क्षेत्र नम्बर ४ को मतगणना स्थगित भएको छ ।

क्षेत्र नम्बर ४ अन्तर्गतको बलरा नगरपालिका ४ मा रहेको जब्दी आधारभुत विद्यालय मतदान केन्द्रबाट आएको एउटा मतपेटिकामा ६ वटा मध्ये ४ वटा मात्रै शिल फेला परेपछि मतगणना स्थगीत भएको हो ।

उत्पन्न विवाद मिलाउन दलका प्रतिनिधिहरुसँग छलफलको तयरी गरिरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतगणना स्थगीत हुँदा राजपाका राकेश मिश्र १६ हजार ३ सय १८ मतका साथ अगाडि हुनुहुन्छ भने काँगे्रसका अमरेशकुमार सिंहले १५ हजार ९ सय ३५ सहित उहाँलाई पछ्याईरहनु भएको छ ।

Share It

Post Comments
थप समाचार