समाचार संखुवासभाका सबै सिटमा वाम गठबन्धन अगाडि
Ujyaalo

मंसिर २५– मतगणना भैरहेको संखुवासभाका सबै सिटमा वाम गठबन्धनले अग्रता लिएको छ । प्रतिनिधिसभातर्फ एमालेका राजेन्द्रप्रसाद गौतम २८ हजार ८ सय ४४ मत सहित अगाडि हुनुहुन्छ । उहाँका प्रतिस्पर्धि नेपाली कांग्रेसका दिपक खड्का २७ हजार ६ सय ३७ मत आएको छ ।

प्रदेशसभा क मा माओवादी केन्द्रका पूर्णप्रसाद राई १४ हजार ८ सय ४३ मतसहित अगाडि हुनुहुन्छ । नेपाली कांग्रेसका टंकराईको १३ हजार १ सय २८ मत पाउनु भएको छ ।

प्रदेशसभा ख मा एमालेका तुलसीप्रसाद न्यौपाने १२ हजार ८ सय १२ मत सहित अगाडि हुनुहुन्छ । कांग्रेसका दिपक कुमार लिम्वुले १२ हजार ३ सय ८७ मत पाउनु भएको छ ।

Share It

Post Comments
थप समाचार