समाचार पर्सा २ मा फोरमका बिमल श्रीवास्तव विजयी
Ujyaalo

पर्सा, मंसिर २५ – प्रतिनिधिसभातर्फ पर्साको क्षेत्र नम्बर २ मा संघीय समाजवादी फोरमले जित हात पारेको छ ।

फोरमका बिमल श्रीवास्तव २१ हजार १ सय ६९ मतसहित विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका अजय चौरसियाले १९ हजार ७ सय ४ मत ल्याउनुभयो । त्यस्तै वाम गठबन्धनका महमद सलिम मन्सुरले ६ हजार ७ सय २९ मत पाउनुभयो ।

२०२७ सालदेखि राष्ट्रवादी विद्यार्थी मण्डलबाट राजनीति सुरु गरेका श्रीवास्तव २०३४ सालमा वडाअध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ २०३८ सालदेखि ०४४ सालसम्म प्रधानपञ्च हुनुभयो ।

२०५४ सालमा वीरगंज उपमहानगरपालिकाको मेयरमा निर्वाचित हुनुभएका श्रीवास्तव २०७४ सालको स्थानीय तहको चुनावमा वीरगंजको मेयरमा पराजित हुनुभएको थियो ।

Share It

Post Comments
थप समाचार