समाचार गृहसचिव सहितको टोलीले कालिकोटको सुरक्षा अवस्था बुझ्यो
Ujyaalo

कालिकोट, मंसिर ९ – सुरक्षा अवस्था बुझ्न गृह सचिव सहितका सुरक्षा अधिकारी कालिकोट पुगेका छन् ।

नेपाली सेनाको हेलिकोप्टरमा गृह सचिव मोहनकृष्ण सापकोटा, प्रहरी महानिरिक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरिक्षक सिंहवहादुर श्रेष्ठ, राष्टिय अनुसन्धान प्रमुख दिलिप रेग्मी, नेपाली सेनाका जर्नेल शरद गिरी, मध्यपश्चिम क्षेत्रीय प्रशासक सुरेश प्रधान लगाएतको टोलिले यहाँको सुरक्षा अवस्था बुझेको हो । टोलीले जिल्ला सुरक्षा समितिसँग जिल्लाको अवस्थाबारे जानकारी लिएर फर्किको छ ।

टोलीले अतिसंवेदनशील मतदान केन्द्र माल्कोट, राम्नाकोट र पलातामा पुगेर टोलीले सुरक्षा अवस्थाबारे जानकारी लिएर फर्किएको छ ।

शनिवार विहान सुरक्षाकर्मीले कालिकोटको माल्कोटस्थित सल्लारुखका केही घरमा विप्लव पक्षले राखेका निर्वाचन विरोधी पर्चा र झण्डा हटाएको छ । गाउँ गाउँमा सुरक्षाकर्मी आएपछि विप्लव समर्थक स्थानीय भने घर छाडेर गएका छन् ।

चुनाव बहिष्कार गर्न पाउने जनताको अधिकार खोसेर राज्य पक्ष दमनमा उत्रिएको विप्लव पक्षका नेता मनिलाल ऐडीले प्रतिक्रिया दिनुभयो । उहाँले पक्राउ परेका देशभरमा आफ्ना नेता कार्यकर्ता तत्काल रिहा नगरे कडा प्रतिवादमा उत्रिने चेतावनी दिनुभएको छ ।

 

Share It

Post Comments
थप समाचार