समाचार पर्सा ४ बाट राजपाका कर्ण विजयी
Ujyaalo

पर्सा, मंसिर २५ – प्रतिनिधिसभा अन्तर्गत पर्साको क्षेत्र नम्बर ४ बाट राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्ण विजयी हुनुभएको छ ।

कर्णले २० हजार ७ सय ३८ मतले विजयी हुनुभएको हो । नेपाली काँग्रेसका रमेश रिजालले १४ हजार ७ सय २ र माओवादी केन्द्रकी उर्मिला अर्यालले ९ हजार ६ सय १७ मत ल्याउनुभयो । पर्सा ४ मा ५३ हजार ९९ मत खसेको थियो ।

पर्सा १ बाट २०४८ र २०५६ सालको चुनावमा पराजित भएपछि २०६४ र २०७० सालको चुनावमा उहाँ प्रत्यक्षतर्फबाट उम्मेदवार बन्नुभएन । दुवै पटक समानुपातिकतर्फबाट सभाषद बन्नुभयो । माधव नेपाल नेतृत्वको सरकारमा १४ महिना विना विभागीय मन्त्री भएका कर्ण सद्भावना पार्टीको निरन्तर उपाध्यक्ष बन्नुभयो ।

मधेसवादी दलको एकतासँगै राजपामा आवद्ध भएका नेता कर्ण फेरि उम्मेदवार बन्नुभएको थियो ।

Share It

Post Comments
थप समाचार