समाचार निर्वाचन आचारसंहिता विपरीत गतिविधि गरेको भन्दै जनकपुरमा ६ जना पक्राउ
Ujyaalo

शैलेन्द्र महतो/उज्यालो ।

जनकपुर, मंसिर ९ – निर्वाचन आचारसंहित विपरीत गतिविधि गरेको भन्दै जनकपुरमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । मधेश क्रान्ति फोरमका संयोजक नविन यादवलगायत ६ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरु निर्वाचन आचारसंहिता विपरीतको गतिविधिमा संलग्न भएकाले जनकपुरको मुरलीचोकबाट पक्राउ गरेको प्रहरीको भनाई छ ।
यादव जनकपुर बमकाण्डका आरोपमा पूर्वपक्षका लागि थुनामा रहेका पूर्व सांसद संजय साहका समर्थक हुन् ।

तत्कालीन सदभावना पार्टीका उपाध्यक्ष एवं सांसद रहेका संजय साह पक्राउ परेको बेला तत्कालिन पार्टी अध्यक्ष राजेन्द्र महतोले छुटाउन सहयोग नगरेको भन्दै पछिल्लो समय साह समर्थक यादवले धनुषा –३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्र महतोको विरोधमा विभिन्न गतिविधि गरिरहेका छन् ।

Share It

Post Comments
थप समाचार