समाचार पर्सा ३ बाट फोरम नेपालका रौनियार विजयी
Ujyaalo

पर्सा, मंसिर २५ – पर्सा क्षेत्र नम्बर ३ बाट प्रतिनीधि सभा सदस्यमा फोरम नेपालका हरिनारायण प्रसाद रौनियार विजयी हुनुभएको छ ।

प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेन्द्र चौधरीलाई १ हजार ३ सय ६५ मतले पछि पार्दै हरिनारायण प्रसाद रौनियार विजयी हुनुभएको हो । हरिनारायण प्रसाद रौनियारले १५ हजार १ सय ६६ मत प्राप्त गर्दा सुरेन्द्र चौधरीले १३ हजार ८ सय १ मत ल्याउनुभयो ।

निवर्तमान सांसद नेकपा एमालेका नेता राजकुमार गुप्ताले १० हजार ९ सय ८६ मत ल्याए ।

Share It

Post Comments
थप समाचार