समाचार विपक्षीमा बसेर बलियो रुपमा प्रस्तुत हुन्छौ – महामन्त्री कोइराला
Ujyaalo

दयाराम आचार्य/उज्यालो ।

नवलपरासी, २५ मंसिर– नेपाली कांग्रेसका महामन्त्री तथा नवलपरासी बर्दघाट सुस्तापूर्व क्षेत्र नम्बर १ बाट निर्वाचित उम्मेदवार डाक्टर शशांक कोइरालाले आफूहरु विपक्षीमा बसेर बलियो रुपमा प्रस्तुत हुने बताउनु भएको छ ।

विपक्षीमा बस्ने र कसरी विपक्षीलाई बलियो पारेर प्रस्तुत हुने भन्ने नै नेपाली कांग्रेसको लक्ष्य हुने शशांकले बताउनुभएको हो ।

सोमबार नवलपुरको कावासोतीमा विजयी घोषणा सभापछि प्रेस युनियन नवलपरासीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइराललाले कांग्रेसले बिपक्षको भूमिका खेल्ने बताउनु भएको हो ।

कोइरालाले आउदो दिनमा संगठनलाई अझै चुस्त दुरुस्त पार्नका लागि आफ्नो ध्यान बढि केन्द्रित हुने बताउनुभयो । उहाँले पार्टी नराम्रो अवस्थामा आएको स्विकार गर्दै पार्टी संगठनलाई भावि दिनमा बलियो पाररे अगाडी बढउन ठूलो चुनौती खडा भएको समेत बताउनुभयो ।

Share It

Post Comments
थप समाचार