समाचार बैतडी : समानुपातिकमा एमाले पहिलो पार्टी
Ujyaalo

बैतडी, मंसिर २५ – बैतडीमा समानुपातिक तर्फको मतगणना सम्पन्न भएको छ । प्रतिनिधिसभा तर्फ सबैभन्दा बढी एमालेले २३ हजार ३२३ मत प्राप्त गरेको छ ।

यसैगरी नेपाली कांग्रेसले २१ हजार २८५, नेकपा माओेवादी केन्द्रले ११ हजार २१२, राप्रपाले ४ हजार ८५० र विवेकशील साझा पार्टीले २७९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो । प्रतिनिधिसभाका लागि समानुपातिक तर्फ जम्मा ७४ हजार ७७५ मत खसेकोमा १२ हजार ७५९ मत बदर भएका छन् ।

यसरी हेर्दा प्रतिनिधिसभाका लागि समानुपातिक तर्फ १७ प्रतिशत मत बदर भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो । यस्तै प्रदेशसभा क्षेत्र नम्बर १ मा पनि एमालले सबैभन्दा बढी मत प्राप्त गरेको छ ।

उसले ९ हजार ८७३ मत प्रापत गरेको हो । नेपाली कांग्रेसले ९ हजार ६६९, नेकपा माओवादी केन्द्रले ६ हजार ८१४, राप्रपाले १ हजार ९७८, विवेकशील साझा पार्टीले ४२ मत प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयो ।

प्रदेशसभा क्षेत्र नं १ मा समानुपातिक तर्फ ३७ हजार ९७९ मत खसेकोमा ९०९४ मत बदर भएको छ । यसैगरी प्रदेशसभा क्षेत्र नं. २ मा एमालेले सबैभन्दा बढी ११ हजार १९१ मत प्रापत गरेको छ ।

नेपाली कांग्रेसले ८ हजार ५९३, माओवादी केन्द्रले ४ हजार ५६१, राप्रपाले ३ हजार १७१ र विवेकशील साझा पार्टीले ६८ मत प्राप्त गरेको छ । प्रदेशसभा क्षेत्र नं २ मा समानुपातिक तर्फ खसेको कुल ३६ हजार ७९६ मत मध्ये ८ हजार ८४२ मत बदर भएका छन् ।

Share It

Post Comments
थप समाचार