समाचार स्याङ्जामा वाम गठबन्धन अगाडि
Ujyaalo

काठमाडौ, मंसिर २५ – बुथ कब्जाको विवादपछि आइतबार मात्र मतगणना सुरु भएको स्याङ्जामा वाम गठबन्धन नै अगाडि देखिएको छ ।

दुईवटा प्रतिनिधिसभा रहेको स्याङ्जामा दुवै क्षेत्रमा वाम गठबन्धन अगाडि रहेको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा एमालेका नारायणप्रसाद मरासिनीले १२ हजार ४ सय ४६ मत ल्याउनु भएको छ ।

उहाँका प्रतिस्पर्धी कांग्रेसका राजु थापाले ९ हजार २ मत प्राप्त गर्नुभएको छ । क्षेत्र नम्बर २ मा एमालेकी पद्मकुमारी अर्यालले १२ हजार १ सय १८ मतसहित अग्रता लिनुभएको छ ।

उपप्रधानमन्त्री तथा शिक्षामन्त्रीसमेत रहेका तथा कांग्रेसका गोपालमान श्रेष्ठले ९ हजार ३ सय ८९ मतसहित अर्याललाई पछ्याइरहनुभएको छ । श्रेष्ठभन्दा एमालेकी अर्याल ३ हजारभन्दा बढी मतले अगाडि हुनुहुन्छ ।

 

Share It

Post Comments
थप समाचार