समाचार समानुपातिकतर्फ म्याग्दीमा एमाले पहिलो पार्टी
Ujyaalo

प्रताप बानियाँ/उज्यालो । 

म्याग्दी, मंसिर २५ – म्याग्दीमा समानुपातिकतर्फको पनि मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार प्रतिनिधिसभामा एमालेले १८ हजार २ सय ६६ मत पाएको छ भने नेपाली कांग्रेसले १७ हजार २ सय ४८ र नेकपा माओवादी केन्द्रले ४ हजार ३३ मत पाएका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार १ सय ५१ मत ल्याएको म्याग्दीका सहायक निर्वाचन अधिकृत राजु ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार विवेकशील साझा पार्टीले ५ सय २७ मत प्राप्त गरेको छ । प्रदेशसभातर्फ नेकपा एमालेले १६ हजार ७ सय ४ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले १५ हजार ७३९ मत ल्याएको सहायक निर्वाचन अधिकृत ढुङ्गानाले बताउनुभयो ।

नेकपा माओवादी केन्द्रले ४ हजार ८ सय ३३ मत प्राप्त गरेको छ । माओवादीले प्रतिनिधि सभामा भन्दा प्रदेशसभामा मत बढाएको छ । राप्रपाले १ हजार ८ सय ७४ मत ल्याएको छ । राप्रपाले प्रदेशसभामा प्राप्त गरेको मत प्रतिनिधिसभाको भन्दा धेरै हो । 

जम्मा ७५ हजार ५ सय ३८ मतदाता रहेको म्याग्दीमा समानुपातिकतर्फ प्रतिनिधिसभामा ४२ हजार ६ सय १५ मत खसेको थियो भने ४ हजार ६ सय ८६ मत बदर भएको छ । यसैगरी समानुपातिकै प्रदेशसभातर्फ ४० हजार ५ सय २१ मत खसेकोमा ६ हजार ७ सय ८० मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

Share It

Post Comments
थप समाचार