समाचार सप्तरीमा खुल्ला ठाउँमा दिसा गर्ने १२ जना पक्राउ
Ujyaalo

सप्तरी, मंसिर २५ – सप्तरीमा खुला ठाउँमा दिसा गर्ने १२ जना भन्दा धेरै व्यक्ति पक्राउ परेका छन । सन् २०१७ सम्म जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्ने अभियानलाई चुनौती दिँदै खुल्ला शौच गर्ने ब्यक्तिहरुलाई स्थानीयबासीले पक्राउ गरेर सामाजिक सजाय गर्न थालेका छन् ।

सप्तरीमा चर्पी बनाउन अटेर गर्ने र खुल्ला शौच गर्ने व्यक्तिहरुलाई घेरा हालेर पक्राउ गर्न थालिएको हो । दुई दिनअघि मात्रै सप्तरीको छिन्नमस्ता गाउँपालीका कोचावखारीका १२ जना जनालाई गाउँलेले पक्राउ गरेका छन् । केहि घरहरुमा मात्रै चर्पीा नहुँदा गाउँपालिकालाई खुला दिसामुक्त घोषणा गर्न नसकिएको र पटक–पटक सम्झाउँदा समेत अटेर गरेपछि पक्राउ गरिएको सबल नेपालका कार्यक्रम संयोजक परमेश्वर झाले जानकारी दिनुभयो ।

 

Share It

Post Comments
थप समाचार