समाचार स्याङ्जाको क्षेत्र नम्बर २ को प्रदेशसभा क मा एमाले विजयी
Ujyaalo

स्याङ्जा, मंसिर २६– आइतबारबाट मतगणना सुरु भएको स्याङ्जाको क्षेत्र नम्बर २ को प्रदेशसभा क मा एमालेका मोहनप्रसाद रेग्मी विजयी हुनुभएको छ । रेग्मीले १६ हजार ६ सय १३ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी कांग्रेसका विष्णु पौडेलले १३ हजार १ सय ४० मत प्राप्त गर्नुभएको छ । स्याङ्जा क्षेत्र नम्बर २ क मा ४७ हजार २ सय ४ जना मतदाता रहेका छन् ।

स्याङ्जा क्षेत्र नम्बर २ को प्रदेशसभा क मा ३१ हजार २ सय १३ मत खसेको थियो । स्याङ्जा २ को प्रदेशसभा क मा ८ सय ३३ मत बदर भएको छ ।

Share It

Post Comments
थप समाचार