समाचार रामेछापमा समानुपातिकतर्फ एमाले पहिलो पार्टी
Ujyaalo

दीपक भट्ट/उज्यालो ।

रामेछाप, २६ मंसिर –मंसिर १० गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव अन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएको छ । 

समानुपातिक तर्फको मत परिणामअनुसार प्रतिनिधि र प्रदेशसभा दुवैमा नेकपा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो पार्टी भएको छ । जिल्लामा खसेको ८९ हजार ५ सय ८७ मत गणना हुँदा प्रतिनिधिसभातर्फ नेकपा एमालले २६ हजार ८ सय ५२ मत, नेपाली कांग्रेसले २६ हजार २ सय २७ मत र नेकपा माओवादी केन्द्रले १९ हजार ४ सय ३७ मत प्राप्त गरेका छन् । 

प्रदेशसभामा पनि नेकपा एमाले नै पहिलो बनेको छ । एमालेले २६ हजार १ सय २ मत, नेपाली कांग्रेसले २३ हजार ८ सय ६६ मत र नेकपा माओवादी केन्द्रले १८ हजार ७ सय ४८ मत प्राप्त गरेका छन् । 

Share It

Post Comments
थप समाचार