समाचार समानुपातिकतर्फ लमजुङमा एमाले पहिलो, कांग्रेस दोस्रो
Ujyaalo

श्यामशितल परियार/उज्यालो ।

लमजुङ, मंसिर २७ – प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावको समानुपातिकतर्फको अन्तिम परिणाम अनुसार लमजुङमा नेकपा एमाले पहिलो स्थानमा रहेको छ । प्रतिनिधिसभातर्फ कुल ७७ हजार २ सय १४ मत खसेकोमा नेकपा एमालेलाई ३३ हजार ३ सय ९ मत प्राप्त भएको छ ।

नेपाली कांग्रेसले २९ हजार २ सय २९ र नेकपा माओवादी केन्द्रले ७ हजार ८ सय ५ मत पाएको छ । राप्रपाले १ हजार ४ सय ७७, विवेकशील साझा पार्टीले ८ सय ७०, नयाँ शक्ति पार्टीले ७ सय ७३, संघीय समाजवादी फोरमले २ सय २९, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले १ सय ८८, जनसमाजवादी पार्टीले १ सय ८० मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसीप्रसाद तिमिल्सनाले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेशसभा ‘क’ मा कुल ३७ हजार ७ सय ४२ मत खसेकोमा नेकपा एमालेलाई १३ हजार २ सय ७२, नेपाली कांग्रेसलाई १० हजार ४२ र नेकपा माओवादी केन्द्रलाई ५ हजार ५ सय ७८ मत प्राप्त भएको छ । राप्रपाले २ हजार ६ सय ६३, नयाँ शक्ति पार्टीले ७ सय ५, विवेकशील साझाले ३ सय ३७, संघीय समाजवादी फोरमले २ सय १४, राप्रपाले २ सय ७, राप्रपा (प्रजातान्त्रिक)ले २ सय ७, जनसमाजवादी पार्टीले १ सय १२ मत प्राप्त गरेका छन् । प्रदेशसभा १ मा ४ हजार ४ सय ९ मत बदर भएको छ ।

प्रदेशसभा ‘ख’ मा कुल ३९ हजार ४ सय ७२ मत खसेकोमा नेकपा एमालेलाई १७ हजार ६ सय ३४, नेपाली कांग्रेसलाई १३ हजार ६ सय ३८ र नेकपा माओवादी केन्द्रले ३ हजार २ सय ४३ मत प्राप्त गरेको छ ।

त्यस्तै राप्रपाले ७ सय ९३, विवेकशील साझाले ४ सय ६९, नयाँ शक्ति पार्टीले १ सय ७५, संघीय समाजवादी फोरमले १ सय ४३, जनसमाजवादी पार्टीले १ सय १२, राप्रपा (प्रजातान्त्रिक)ले ८२ मत प्राप्त गरेका छन् । प्रदेशसभा ख मा ३ हजार ८१ मत बदर भएको छ ।

Share It

Post Comments
थप समाचार