समाचार खोटाङमा समानुपातिकतर्फ एमाले पहिलो
Ujyaalo

खोटाङ, मंसिर २७ – खोटाङमा समानुपातिकतर्फ एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको छ । बुधबार बिहान घोषण गरिएको समानुपातिकतर्फको मतपरिणाम अनुसार एमालेले प्रतिनिधिसभाको समानुपातिकमा कांग्रेसलेभन्दा ३ हजार ४ सय १६ मत बढी ल्याएको छ ।

कुल १ लाख २५ हजार १ सय ८ मतदाता रहेको खोटाङमा एमालेले २४ हजार १ सय ३४, कांग्रेसले २० हजार ७ सय १८, माओबादी केन्द्रले १२ हजार ४ सय ३३, संघीय समाजवादी फोरमले २ हजार ४ सय ५ मत पाएको मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले बताउनुभयो ।

प्रतिनिधिसभामा राप्रपाले ९ सय ३२, नयाँ शक्तिले ७ सय २७, नेकपा मालेले ५ सय ६६, राप्रपा प्रजातान्त्रिकले ३ सय ६ मत पाएको छ ।

यस्तै प्रदेशसभातर्फको समानुपातिकमा एमालेले २१ हजार ३ सय ४९, कांग्रेसले १६ हजार ८ सय ६१, माओबादी केन्द्रले १३ हजार ५ सय २०, राप्रपाले ३ हजार १ सय ७२, संघीय समाजवादी फोरमले २ हजार १ सय ४१, नेकपा मालेले ९ सय ६९ मत पाएको छ ।

यस्तै नयाँ शक्तिले ७ सय ५४, राप्रपा प्रजातान्त्रिकले ६ सय ६८, राजपाले ४सय ४ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

 

Share It

Post Comments
थप समाचार