समाचार पूरै गाउँलेले लगेनन् मतदाता परिचयपत्र
Ujyaalo

सोलुखुम्बु, मंसिर ९– आइतबार चुनाव हुने सोलुखुम्बुको तिङ्लाका कुनैपनि नागरिकले मतदाता परिचयपत्र लिएका छैनन् ।

तिङ्लामा २५ सय ७५ मतदाता रहेपनि कसैले पनि प्रतिनिधिसभा र प्रदेशसभा चुनावको लागि मतदाता परिचय पत्र लिन नआएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

राज्य पुनसंरचनाका क्रममा तिङ्लालाई नेचासल्यान गाउँपालिकामा राखेको विरोधमा तिङ्लाबासीले ‘नो भोट, नो क्यान्डिेट’ अभियान चलाएका हुन् । तिङ्लामा स्थानीय तहको चुनावमा एक मत पनि खसेको थिएन । उनीहरुले तिङ्लालाई सोलु दूधकुण्ड नगरपालिकामा राख्नुपर्ने माग राखेका छन् ।

Share It

Post Comments
थप समाचार