समाचार भक्तपुर ३ नम्बर प्रदेशको राजधानी बन्ने भो–सांसद बस्नेत
Ujyaalo

रमेश गिरी/उज्यालो ।

भक्तपुर, मंसिर १७ –नवनिर्वाचित सांसद एवं एमालेका युवा नेता महेश बस्नेतले भक्तपुरलाई ३ नम्बर प्रदेशको राजधानी बनाउन आफूले पहल सुरु गरेको बताउनु भएको छ । रफत संचार क्लबमा बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले आफू प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए लगत्तै पहल सुरु गरेको बताउनु भएको हो ।
सांसद बस्नेतले भन्नुभयो– ‘भक्तपुरलाई ३ नम्बर प्रदेशको राजधानी बनाउने संकल्प लिएको थिए, त्यसलाई पूरा गर्न निर्वाचित भएकै भोलिपल्टदेखि पहल गरेको छु ।’
भक्तपुरलाई प्रदेशको राजधानी बनाउन नेपाली कांग्रेस, नेपाल मजदूर किसान पार्टीले पनि साथ दिनु पर्नेमा जोड दिँदै उहाँले त्यसका लागि कांग्रेस र नेमकिपासँग आफूले कुरा राख्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभामा निर्वाचित प्रदेश सांसद शशीजंग थापाले भक्तपुरको विकासमा अबको पाँच वर्ष पूर्ण रुपमा समर्पित हुने बताउनुभयो । उहाँले सूर्यविनायक प्रदेशलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने, होम स्टेको विकास गर्ने, श्रोत, साधनको समुचित प्रयोग गरेर विकासका लागि अगाडि बढ्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
प्रदेशसभाका अर्का सांसद राजेन्द्रमान श्रेष्ठले मध्यपुर प्रदेशलाई सांस्कृतिक नगरीको रुपमा विकास गर्ने र नागरिकसंग छलफल गरेर अगाडि बढ्ने बताउनुभयो ।

Share It

Post Comments
थप समाचार