समाचार नौमुरे सिंचाई योजना मेरो प्राथमिकतामा: सांसद गुप्ता
Ujyaalo

कपिलवस्तु, मंसिर २७ –कपिलवस्तुको प्रतिनिधिसभा क्षेत्र नं. २ का नवनिर्वाचित सांसद बृजेश कुमार गुप्ताले कपिलवस्तुको खेतीयोग्य जमिन सिंचाईका लागि नौमुरे सिंचाई योजना सम्पन्न गराउन आफूले प्रयास गर्ने प्रतिवद्धता जनाउनु भएको छ । सांसद पदमा निर्वाचित भएपछि मतदातासंगको घरदैलो कार्यक्रममा अगुवा कृषकसँग कुरा गर्दै उहाँले वाम गठवन्धनको सरकारमा सो सिंचाई योजना पूरा गराउने प्रतिवद्धता जनाउनुभयो ।
गुप्ताले जिल्लाको ८३ हजार हेक्टर खेतीयोग्य जमिनमा सिंचाईको अभावका कारण कृषकले भोग्नु परेको समस्यालाई आउदो ५ वर्षमा जिल्लाको कृषि क्षेत्रलाई सुदृढ बनाउन हरसम्भव प्रयास गर्ने बताउनुभयो ।
कृषि विकासका साथै सडक, विद्युत, शिक्षा, स्वास्थ्य लगायत नागरिकको दैनिक जीवनमा प्रत्यक्ष सरोकार राख्ने विषयलाई प्रमुख प्राथमिकतामा राख्ने सांसद गुप्ताले बताउनुभयो । सांसद गुप्ताले सुठौली छोटी भंसार नाकाको स्तरवृद्धिका लागि पनि आफूले अर्थ मन्त्रालयमार्फत प्रयास गर्ने आश्वासन दिनुभयो ।

 

Share It

Post Comments
थप समाचार