समाचार डोटीमा विवेकशील साझाका उम्मेदवारसहित ११ जनाको धरौटी जफत
Ujyaalo

विमल विष्ट/उज्यालो ।

डोटी, मंसिर २८– डोटीमा ११ जना उम्मेदवारको धरौटी जफत भएको छ । प्रतिनिधिसभा चुनावमा सहभागी भएका १७ जना उम्मेदवारमध्ये ११ जनाको जमानत जफत भएको छ ।

चुनावमा सहभागी नेपाली कांग्रेस, एमाले तथा माओवादी केन्द्र पार्टी बाहेक अन्य सहभागी सबै राजनीतिक दलका उम्मेदवारको जमानत जफत भएको सहायक निर्वाचन अधिकृत नवराज जोशीले बताउनुभयो ।

सदर मतको १० प्रतिशत मत प्राप्त नगरेपछि उमेदवारको धरौटी फिर्ता नहुने प्रावधान रहेको छ । निर्वाचन अधिकृतको कार्यालय डोटीका अनुसार सदर मतको १० प्रतिशत मत प्राप्त नभएका धरौटी जफत भएका डोटीका राजनीतिक दलमा विवेकशील साझा पार्टी, राष्ट्रिय जनमोर्चा, संघीय समाजवादी फोरम, नेपाल दलित पार्टी तथा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन् ।

डोटीमा प्रदेशसभा तथा प्रतिनिधिसभा गरी कुल ६१ हजार ७ सय ३३ मत सदर भएको थियो ।

 

Share It

Post Comments
थप समाचार