समाचार राप्रपा र नयाँ शक्तिबीच मकवानपुर र गोरखामा सहयोग गर्ने सहमति
Ujyaalo

काठमाडौं, मंसिर ५ – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा गोरखा क्षेत्र नं २ मा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईलाई सहयोग गर्ने समझदारी भएको छ । 

दुवै पार्टीका शीर्ष नेतृत्वकाबीच पटकपटक छलफल भई सोमबार भएको समझदारीमा मकवानपुर क्षेत्र नं १ मा राप्रपाका अध्यक्ष कमल थापालाई नयाँ शक्ति पार्टीले सहयोग गर्ने समझदारी भएको राप्रपाका प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो । 

नयाँ शक्ति पार्टीले मकवानपुर क्षेत्र नं १ मा प्रह्लाद लामिछानेलाई उम्मेदवार बनाएको भए पनि दुई पार्टीकाबीचमा भएको समझदारीबाट उहाँको उम्मेदवारीलाई स्थगित गरिएको छ । गोरखा क्षेत्र नं २ मा राप्रपाकातर्फबाट उम्मेदवारी दिइएको थिएन ।

Share It

Post Comments
थप समाचार