समाचार राजनीतिक स्थायित्वका लागि चुनाव महत्वपूर्ण : राष्ट्रपति
Ujyaalo

काठमाडौं, मंसिर १० –राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो चरणको मतदानमा सहभागी हुन सबै मतदातालाई आह्वान गर्नुभएको छ ।

संविधानको मर्म अनुसार माघ ७ भित्र सबै चुनाव सम्पन्न गर्नुपर्ने व्यवस्था अनुरुप हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनाव शान्तिपूर्ण ढंगले सफल बनाउन आग्रह गर्नुभयो ।

नेपाल संघीय संरचनामा गएको र स्थानीय तहको चुनाव पनि उत्साहपूर्ण सहभागितामा सम्पन्न भइसकेको भन्दै उहाँले प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनाव नयाँ संविधान कार्यान्वयनका लागि अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभएको छ । यो चुनावपछि देश राजनीतिक स्थायित्व र समृद्धिको पथमा अघि वढ्ने समेत विश्वास व्यक्त गर्नुभएको छ ।

Share It

Post Comments
थप समाचार