समाचार पहिलो चरण अन्तर्गत प्रदेश नम्बर ६ का सात जिल्लामा मतदान सुरु
Ujyaalo

काठमाडौं, मंसिर १० – प्रदेश नम्बर ६ का सातवटा जिल्लामा आइतबार मतदान सुरु भएको छ । रुकुम पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पामा पहिलो चरणमा चुनाव हुन लागेको हो ।

यी सबै जिल्लामा प्रतिनिधि सभाका लागि एक एक वटा निर्वाचन क्षेत्र रहेका छन् । सल्यान, सुर्खेत र दैलेखमा भने दोश्रो चरणमा चुनाव हुनेछ । प्रदेश नम्बर ६ मा जम्मा मतदाता ८ लाख ४६ हजार ९ सय ४१ जना छन् ।

यी मध्ये पहिलो चरणमा ३ लाख ६८ हजार २ सय ७ जनाले पहिलो चरणमा मतदान गर्न पाउने छन् । ५ सय ११ वटा मतदान स्थलमा ६ सय ४ वटा मतदान केन्द्र तोकिएको छ । प्रदेश नम्बर ५ का ८ सय ९६ वटा मतदान स्थलमा १ हजार २ सय ४३ वटा मतदान केन्द्र छन् ।

 

Share It

Post Comments
थप समाचार